बिस्णु कुमारी घिमिरे – ७ पुस । हल्दिवारी गाउँपालिकाले तराई मधेस समृद्धि कार्यक्रम अन्तरगत जनता आवास भवन तथा मोति निमाविको ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्दै धरौटी समेत जफत गर्ने भएको छ ।

गाउँ कार्यपालिकाको यहि पुस ५ गते बसेको बैठकले उक्त निर्णय गरेको उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भएको छ । उपाध्यक्ष गिरिका अनुसार संबंधित कार्यको ठेक्का प्राप्त गर्ने निर्माण व्यवसायी कम्पनी श्री जय ईधरी निर्माण सेवालाई कालो सुचिमा राख्दै धरौटी रकम जफत गर्ने निर्णय गरिएको हो ।

उक्त निर्णय सेवालाई गाउँपालिकाले पटकपटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएको तथा सम्झौता बमोजिम गर्नु पर्ने कार्य समेत सम्पन्न नगरि अधुरो छोडेकोले सार्वजनिक खरिद ऎन२०६३ को दफा ५९ को उपधारा ७ बमोजिम सम्झौता अन्त्य गर्ने निर्णय गर्दै धरौटी रकम समेत जफत गर्न सिफारिस गर्ने निर्णय गरिएको हो ।
हल्दिवारी गाउँपालिकाले यस्ता ठेकेदार कम्पनी हरुलाई कालोसूचीमा राख्दै कार्वाही गर्ने निर्णय गरे पछि यहाँ ठेक्का लिएर काम समयमा नगर्ने ,लापरबाही गर्नेहरुको रुवाबासी सुरुभएको छ।
ढिलै भएपनी गाउँपालिकाले नियम संगत कानुनी आधारमा काम कर्तव्य तथा कार्वाही शुरु गरेर एउटा उदाहरण प्रस्तृत गरेको छ । यसलाई व्यवहारमा उतारेर त्यो मेरो नभनी कार्वाही हुन्छ या हुदैन त्यो समयले देखाउने छ ।
