देवेन्द्र आलोक , बिर्तामोड। पहिचान सहितको संघीयताका लागि संविधान शंसोधनको माग गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले वर्तमान संविधानमा विद्यमान त्रुटिका कारण प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा प्रतिनिधिसभा विघटन गर्ने आलोकतान्त्रिक र प्रतिगमनकारी कार्य भएको बताएको छ ।
मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक व्दारा जारी प्रेस विज्ञप्तीमा संविधानमा राखिएका त्रुटपूर्ण प्रावधानहरु उल्लेख गर्दै भनिएको छ ‘यो संबिधान त्रुटिपूर्ण छ भनेर हामीले भनिरहेका छौ । प्रधानमन्त्री भएको दुइ बर्ष सम्म अबिश्वासको प्रस्ताब ल्याउन नपाइने रे ! किनभने प्रधानमन्त्री कमजोर हुन्छ रे ! जब एउटा प्रधानमन्त्रीलाइ दुइ बर्ष सम्म अविश्वास प्रस्ताब ल्याउन नसकिने प्राबधान बन्छ तब दुइ बर्षमा उक्त प्रधानमन्त्री छिप्पिएको गोमन सर्प मा परिणत हुदोरहेछ ।’
प्रतिनिधिसभा विघटनको घट्ना गलत भएकोले समयमै प्रतिबाद नगरिए यसले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष नेपाललाइ प्रतिगमनमा डो¥याउने भएकाले यस्को प्रतिरोध गर्न मञ्च र मञ्च सम्बद्ध लिम्बुवान सहित सबै प्रान्तीय मंचहरु सडक उत्रने उल्लेख छ । प्रधानमन्त्रीको एकल निर्णयले सिफारिस गरेको एक घण्टा भित्रै राष्ट्रपति बिद्या भण्डारीबाट संविधानको भावना विरोधी प्रतिनिधिसभा बिगटनको घोषणा भएकोले यस्मा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको मिलेमतो भएको प्रत्यक्ष देखीएको विज्ञप्तीमा बताइएको छ ।
प्रधानमन्त्री लाई आफुखुशी गर्न दिने संविधानको ३ बुंदे त्रुटी उल्लेख गर्दै विज्ञप्तीमा २०५१ मा नेपाली कांग्रेसको बहुमत हुँदाहुँदै प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला विरुद्ध उनकै पार्टीको ३६ जना संसद उभिदा पार्टी भित्रको बिबाद मिलाउन नसकेर उनले देशलाई मध्यावधि चुनाबमा लागे । लिङदेनले विज्ञप्तीमा भनेका छन् ‘अहिले पनि ठिक त्यस्तै भएको छ ।’ अहिलेको घट्ना हुनुमा संविधानको ३ त्रुटी विज्ञप्तीमा यसरी उल्लेख गरिएको छ– १–यो संबिधान त्रुटिपूर्ण छ भनेर हामीले भनिरहेका छौ । प्रधानमन्त्री भएको दुई बर्ष सम्म अबिश्वासको प्रस्ताब ल्याउन नपाइने रे । किनभने प्रधानमन्त्री कम्जोर हुन्छ रे । जब एउटा प्रधानमन्त्रीलाइ दुई बर्ष सम्म अविश्वास प्रस्ताब ल्याउन नसकिने प्राबधान बन्छ तब सम्म दुई बर्षमा प्रधानमन्त्री छिप्पिएको गोमन सर्पमा परिणत हुदोरहेछ ।
यो प्राबधान हटाउनु पर्छ । २– उदाउदो पार्टीहरु संसदमा छिर्न नसकोस भनेर ३÷५ थ्रेसहोल्ड राखिएको छ । किन राखिएको रे भन्दा उदाउदो पार्टीहरुले संसदमा अस्थिरता ल्याउछ रे ! उदाउदो पार्टीहरुले संसदमा अस्थितरता ल्याउछन कि कथित ठुलो पार्टीहरुले अस्थिरता ल्याउदो रहेछ भनेर अब त दुनिया प्रस्ट भयो । ३–पार्टीको आन्तरिक कलह पार्टी भित्रै बसेर मिलाउनु पर्छ । आन्तरिक समस्यालाई देश र जनताको शिरमा थोपरिदिने प्रधानमन्त्रीको बिशेष अधिकारलाई सदाको लागि खारेज गर्नु पर्छ । २०५१ सालमा नेपाली कांग्रेस संग बहुमत थियो । तर कांग्रेसका प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाइ उनकै पार्टीको ३६ जना सांसदले काउन्टर गरे ।
अनि काग्रेसमा ७४÷३६ भयो । पार्टी भित्रको यो बिबादलाई मिलाउन नसकेर गिरिजा प्रसादले देशलाई मध्यावधि चुनाबमा लागे । अहिले पनि ठिक त्यस्तै भएको छ । पार्टी भित्रको आन्तरिक कलह सामाना गर्न नसकेर प्रधानमन्त्री केपी ओली मध्यावधि चुनाबमा जान खोज्दै छन् । पार्टी भित्रको आन्तरिक कलहलाई देशको काधमा थोपर्ने प्रधानमन्त्रीहरु लाई हदै सम्मको कार्बाही गरिनु पर्दछ । ताकी आउने भविष्यका पुस्ताले त्यस्ता प्रतिगमनकारीहरुलाई चिनुन ।