हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चुनावको पूर्व तयारीमा जनता समाजवादी पार्टी

कमला भट्टराई- भद्रपुर। प्रतिनिधि सभा विघटनको घोषणा संगै मुलुकमा सिर्जना भएको राजनीतिक तरलताका विच मध्यावधी चुनाव हुने हो की संसद पूर्नजीवित हुने हो भन्ने अन्यौलता व्याप्त छ । रानीतिक दलहरु दुवै स्थितिमा आआफ्नो भूमिका तयारीमा लागेका छन् ।
नेकपामा आएको विभाजन विपक्षी दलहरुका लागि अवसर बनेको छ । नेकपामा आएको फाटोले ग्रामिण तहका सामान्य कार्यकर्ता निराश भएर पाखालाग्ने स्थिति बढेको छ । यस्तै अवस्थामा जनता समाजवादी पार्टी त्यस्ता कार्यकर्ता भित्र्याउने अभियानमा लागेको छ । यसै विच पाँचथरको तुम्बेवा गाउँ पालिकामा दर्जनौ नेकपा कार्यकर्ता पार्टी परित्याग गरि जनता समाजवादीमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा कांग्रेसका पनि छन् ।
तम्बेवा गाउँपालिकाको मौवामा समायोजन कार्यक्रम विच हर्क प्रसाद लाओती, कुरार बहदुर लाओती, बालध्वोज लाओती, भुवानी प्रसाद लाओती, कबिता सम्बाहाम्फे, धनकुमार सम्बाहाम्फे, राजेन्द्र इम्सङ, सङ्गम इम्सङ, प्रकाश सोताङ राई, किरन चाम्लिङ, सन्दिप निछिरिङ राई, सुसन वान्तावा, रन्दिप दुङ्माली राई, उमेश दुङ्माली राई, रक्तिम दुङ्माली राई लगायत २ दर्जन बढी नेकपा कार्यकर्ता प्रबेश गरेको उक्त पार्टीले जनाएको छ । उनिहरु लाई पार्टीका केन्द्रीय सदस्य, लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिमले प्रवेश गराएका हुन् ।
सो अवसरमा केन्द्रीय सदस्य जेन्टल लओती, लिम्बुवान सचिवालय सदस्य झकेन्द्र लओती, गणेश चेम्जोङले पार्टीको बारेमा प्रशिक्षण दिए । गाउँ पालिकाका उपाध्यक्ष दिल प्रसाद लाओतीले स्वागत मन्तब्य राखेका थिए । सञ्चालन जिल्ला सदस्य मिलन देवानले गरेका थिए । समायोजन कार्यक्रमलेृ अध्यक्षमा रोशन लाओती, उपाध्यक्ष दिल प्रसाद लाओती, सचीव यादव कुरुम्बाङ, सहसचीव अशोक राई कोषध्यक्ष स्मृति राई लगायत १३ सदस्यीय तुम्बेवा गाउँपालिका कार्य समिती समायोजीत कार्यसमिति गठन गरेको छ । सभापतित्व रोशन लाओतीले गरेका थिए ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)