समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सर्वोच्चले कारण देखाऊ आदेश जारी गर्दै दियो राष्ट्रपति र प्रधानमन्त्रीलाई नौ दिनको समय

काठमाडौं १० पौष । संसद विघटनको गर्नुको लिखित कारण माग्दै सर्वोच्च अदालतले सरकारलाई नौ दिनको समय दिएको छ ।

Advertisement

आज संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको हो । पौष १९ गते सम्म लिखित कारण देखाउन प्रधानमन्त्री र राष्ट्रपतीलाई कारण देखाउ आदेश जारी गरेको छ ।

Advertisement

आज शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित ५ न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको पूर्ण इजलासले प्रधानमन्त्रीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको लिखित पत्र र राष्ट्रपतिले स्विकृत दिएको सक्कल लिखित पत्र मगाउन आदेश जारी गरेको छ ।

सोही इजलासले नेपाल बार र सर्वोच्च बारबाट एमिकस क्युरी झिकाउने निणर्य समेत गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article