राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेस १ का इन्चार्ज भीम आचार्य हटाईए, सुवास नेम्वाङ नया इन्चार

देवेन्द्र आलोक – झापा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले प्रचण्ड र माधव समूहमा लागेका प्रदेश इन्चार्जहरु हटाएको छ । प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ ।

Advertisement

बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर

Advertisement

लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रचण्ड छोडेर ओलीतिर लागेका टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको छ । ओली समूहले पुष्पकमल दाहाल प्रचण्डलाई कारवाही गरेको छ ।

प्रचण्डको कार्यकारी अधिकार खोसेर कारवाही गरेको हो । कार्यकारी अधिकार खोसेपनि प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन । यसअघि नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय भएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article