राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उर्लाबारीमा १ सय ५३ जना युवाहरु काँग्रेसमा प्रवेश

उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल तरुण दल उर्लाबारी वडा नम्बर ७ ले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा १ सय ५३ जना युवा पार्टी प्रवेश गरेका हुन् ।

Advertisement

पार्टीमा प्रवेश गर्ने युवाहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाल कांग्रेस मोरङ १ का सभापति तथा उर्लाबारी नगर प्रमुख खड्ग फागो, महासमिति सदस्य ललित अधिकारी,नेपाल महिला संघ केन्द्रिय सदस्य शोभा चेम्जोङ, सीता कार्की, नेपाली कांग्रेस नगर सभापति वीरबल थापा, तरुण दल उर्लाबारी सभापति रोहित कार्की लगायतले अबिर लगाएर स्वागत गरे ।

Advertisement

कांग्रेसमा प्रवेश गर्न यहाँका इच्छुक युवाहरुलाई महेन्द्र बहुमुखी क्याम्पस उपसभापति अजय लिम्बू, तरुण दल उर्लाबारी उप सभापति सुमन कार्की , तरुण दल वडा उर्लाबारी—७ का सभापति बिपन लिम्बूले एकिकृत गर्दै पार्टी प्रवेश गराउन महत्वपूर्ण भुमिका खेलेको कार्यक्रममा प्रशंषा भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति खड्ग फागोले कम्युनिष्ट ईश्या र आरिषले जन्मेको आरोप लगाए ।

जस्ले श्रम गर्छ, काम गर्छ, धनसम्पत्ति जोड्छन् उनीहरुलाई आरिस इश्र्याले दुख दिने काम गरेको कम्युनिष्ट सरकारले गरेको छ, फागोले प्रश्न गर्दै भने, अझ गरिव र मजदुरको पार्टी भनेर कम्युनिष्ट नारा लगाउछन्, कुन गरिब र कम्युनिष्टहरुको हैसियत समान छ रु कुन गरिवले समानता महषुस गरयो त रु उनले पुजिवाद दलाल भनेर जनताले कम्युनिष्टहरु चिनिसकेको बताए ।

‘भोलिका दिनमा नेतृत्व वर्गले सबैलाई समेटेर लान नसक्ने र जनताको काम गर्न नसक्ने हो भने कांग्रेस पनि त उहि हालतको रैछ भनेर प्रश्न उठ्नेछ, मेयर फागोले भने‘ ठोस निति र कांग्रेसको सिद्धान्त अनुसार गुट र उपगुट बिना अघि बढ्न आवश्यक छ ।

नेपाल तरुण दल उर्लाबारी सभापति रोहित कार्कीले कम्युनिष्ट सरकारले बहमुत पाएपनि जनताको मतलाई कुल्चिएर आफै विवाद गरेर जनतालाई निराश बनाएकोले वडा वडामा तरुण दलले जनदवाव र पार्टी प्रवेशको कार्यक्रमलाई तिब्र बनाउने बताए । कार्यक्रमको सन्चालन तरुण नगर सचिव राजन राजमाझीले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article