हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाल पत्रकार महासंघको साधारण सभा सम्पन्न ,आगामी फाल्गुन ३ मा निर्वाचन

झापा , ११ पुस । नेपाल पत्रकार महासंघको १३ औं साधारण सभा काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाको बार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका केन्द्रिय महासचिव रमेश विष्टले संसद विघटनको भत्सर्ना गरेका छन् ।

Advertisement

Advertisement

प्रधानमन्त्री ओलिले हालै गरेको संसद विघटनको पत्रकार महासंघको केन्द्रिय समितिको वैठकले घोर भत्सर्ना गरेको महासचिव विष्टले सम्बोधनको क्रममा बताए । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका लागि भाषण मात्रै गर्ने होइन यसको समस्याको हल गर्ने तिर महासंघ अघिबढेको महासचिव बिष्टको भनाइ रहेको थियो ।

कार्यक्रममा महासंघका पुर्व महासचिव चन्द्र भण्डारी, लेखा समिति संयोजक रोशन पुरी, एक नम्बर प्रदेश अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओजा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, मेचीनगर लेडी जेसिजकी अध्यक्ष तुलसा दंगाल, लायन्स क्लब झापा अध्यक्ष शंकर थापा, पत्रकारजन्य संगठनका नेताहरु भिमा शिवाकोटी, इन्दु पुर्वेली, मुक्ति पौडेल, रञ्जित प्रसाई, देशराज नेम्बाङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आगामी फाल्गुन ३ गते निर्वाचन हुने भएको छ । जिल्ला ,प्रदेश र केन्द्रको एकैपटक निर्वाचन हुन लागेको हो ।

नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष एकराज गिरी तथा सहजीकरण सचिव सन्तोष आचार्यले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)