स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

काङ्ग्रेस वरिष्ठ नेता सिटौलाको स्वास्थ्यमा राम्रो सुधार

काठमाडौ : बिनोद कुमार दाहाल । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका कांग्रेस वरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा राम्रो सुधार आएको परिवार जनले बताएका छ्न ।

Advertisement

कोरोनाबाट संक्रमित भएपछि एक हप्ता अघि ह्याम्स अस्पतालमा उपचाररत सिटौलाको स्वास्थ्य राम्रो सुधार आएको उनका सहयोगी प्रेम भट्टराईले हल्दिवारी डटकमलाई जानकारी दिए ।

Advertisement

नेता सिटौलालाई २ सता अघि कोरोना देखिएको थियो । १ हप्ता होम आइसोलेसनमा बसेपछि १ हप्ता अघि ह्याम्स अस्पतालमा भर्ना भएका सिटौलालाई निमोनिया भएको र हाल स्वास्थ्यमा सुधार भएको भट्टराईले बताए ।

भट्टराईका अनुसार एक दुई दिनमा डिस्चार्ज हुने जानकारी पनि डाक्टरले दिएको उनले बताए । डा.अनुपराज सुवेदी नेतृत्वको चिकित्सक टोलीले सिटौलाको उपचारमा सहयोग पुर्याएको छ उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article