हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संसद् कुनै पनि हालतमा पुनःस्थापना हुँदैन, चुनावको तयारीमा लाग्नुहोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा आफ्नो पार्टीले महिलालाई बढी टिकट दिने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बालुवाटारमा पार्टीका महिला संगठन तथा केन्द्रीय कमिटीका महिला सदस्यहरुसँग उनले चुनावमा गएर सत्यलाई जिताउन आग्रह गरेका बैठकमा सहभागी कोमल ओलीले बताइन्।

Advertisement

‘चुनाव हुन्छ। त्यसमा हामीले अत्यधिक बहुमत ल्याउनुछ। आधा आकाश ढाकेका महिलाहरुलाई सक्षम महिलाहरुलाई हामी टिकट दिन्छौं। तपाईंहरुले आफ्नो क्षमता प्रयोग गरेका सत्यलाई जिताउनुस् र असत्यलाई हराउनुस्’, ओलीलाई उद्धृत गर्दै उनले भनिन्।

Advertisement

प्रधानमन्त्री ओलीले आफूहरुको पार्टीले महिलालाई अवसर दिएको बताएका थिए। ‘हाम्रो पार्टी मात्रै त्यस्तो पार्टी हो, जसले महिलालाई राष्ट्रपति बनायो’, प्रधानमन्त्रीले भने। उनले आफूलाई काम गर्न नदिएकाले, बाधा अड्चन गरेकाले, खालि मेरै परिवार भनेकाले सरकारलाई अप्ठ्यारो भएकाले संसद् विघटन गर्नुपरेको बताएका थिए।

‘अब हामी चुनावमा जाने हो। जनताले यसको छिनोफानो गर्नेछन्’, उनले भने। प्रधानमन्त्रीले संसद् त कुनै पनि हालतमा पुनःस्थापना नहुने दाबी गरेका थिए। ‘संसद पुनः स्थापना हुनसक्ने अवस्था छैन। संविधानमा प्रधानमन्त्रीले संसद् विघटन गर्ने अधिकार दिएको छ’, उनको भनाइ थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)