हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एसईईको रजिस्ट्रेसन र आवेदन फाराम खुल्यो ( सूचनासहित )

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसईई ) का लागि रजिस्ट्रेसन र आवेदन फाराम खोलेको छ । यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि विहीवारदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

Advertisement

एक सूचना जारी गर्दै बोर्डले अहिले १० कक्षामा पढिरहेका विद्यार्थीहरूले रजिस्ट्रेसनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने जनाएको छ ।

Advertisement

यस वर्षको ९ कक्षामा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीका लागि पनि रजिस्ट्रेसन फाराम भर्न बोर्डले सूचित गरेको छ । आगामी वर्ष एसईई दिनका लागि रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डले जनाएको छ ।

सम्बन्धित विद्यालयले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

यस्तो छ सूचना –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)