हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

असंवैधानिक भन्दै रून्चे स्वर लगाउने हो कि भत्काउने तिनको दाह्रा ?

– गुरु ढकाल , इटहरी

Advertisement

असंवैधानिक कदम भन्दै गणतन्त्रको संबिधान प्रति चिन्ता गरेका हुन भने राजसंस्था र हिन्दुराष्ट्र फर्काउछौं भन्ने सपना बाड्दै आकाशको बाज देखाएर जमिनको परेवा भुर्कुट पार्नु भएन । होइन, राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि लडेका हौं र त्यसका लागि वर्तमान पद्धति नै अभिशाप ठानेका हौं भने प्रधानमन्त्री ओलीको कदम लाई असंवैधानिक , अलोकतान्त्रिक र प्रतिगामी भन्नु भएन ।

Advertisement

किनकि सत्र हजार मान्छे मार्ने आतयायी हरूलाई सिंहदरबार छिराउन , दरबारमा बसेका राजालाई गणतन्त्र भन्दै नागार्जुन जङ्गल वनबास पठाउन , संघीयताका नाममा भैंसीको सिङ बाख्रा लाई बोकाउन , धर्म निरपेक्ष भन्दै धोती उचालेर कराउन , सनातन सभ्यता माथि बन्चरो हान्न लगाउन अनि राष्ट्रको सम्पत्ति माथि ब्रह्मलुट मच्चाएर तिनका आसेपासे लाई पांडे पजनी गराउन नेपाल अधिराज्यको संबिधान २०४७ को कुनै धारा वा उपधाराले तिनलाई अधिकार दिएको थियो ?

परिवर्तन आउने भनेको संबिधानको धारा बाट होइन ….. राष्ट्रघाती हरूको गर्धनमा आरा चलाएर भत्काउनु पर्छ तिनको दाह्रा । किनकि फलाम तातेको बेला घन बजाइयो भने मात्र हामीले चाहेको चिज बनाउन सक्छौं अन्यथा त्यो सेलायो भने आफ्नै पुर्पुरोमा वज्रिएर आउछ भन्ने ख्याल हुनु पर्दछ । त्यसैले असंवैधानिक कदम भन्दै रून्चे स्वर बनाउने होइन ।।।।। वर्तमान पद्धति लाई नाम्लो लगाएर बोक्ने गणतन्त्रको संबिधान २०७२ लाई जलाएर भस्म खरानी बनाउदै राजसंस्था र सनातन हिन्दू राष्ट्र पुनर्स्थापना गर्न समयले , इतिहासले , प्रारव्धले र स्वयम् प्रधानमन्त्री ओलीले दिएको स्वर्णिम अवसर बाट हामी चुक्यौं भने यस्तो मौका यो युगमा फर्केर फेरि कहिल्यै आउने छैन । चेतना भया ।

बगरले मिच्दै लगे नदीले सुक्नु पर्छ ।
नदीले ढाक्दै लगे बगरले लुक्नु पर्छ ।।
जहाँ शुभ छ त्यहाँ अशुभ पनि हुन्छ अनि जहाँ अशुभ छ किन्तु शुभ दिन पनि आउछ । जहाँ जीवन छ त्यो संगै मृत्यु पनि संगै हिडेको हुन्छ । आज जो खुशीले हांसिरहेका हुन्छन तिनले पनि रूने दिन आउछ भने आज दुखमा रोइरहेका हरूले भोली सुखले हास्ने दिन पनि आउछ त्यसैले यो दुनियाँलाई चक्र भनिएको हो ।

हिजो कुम हल्लाएर हास्ने प्रचण्डले रूने दिन प्रारम्भ भयो भने हिजो दुखमा रूने सम्बर्द्धन वादी हरूले सुखले हास्ने दिन आएको छ । तर फलाम तातेका बेला घन चलाउन जान्नु पर्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)