हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

बाल अधिकारकर्मी भण्डारी मृत फेला

कमला भट्टराई , झापा । मोरङको पथरीशनिश्चरेका बाल अधिकारकर्मी संजिव भण्डारी मंगलवार बिहान युवराज बास्कोटाको घरमा मृत फेला परेका छन् । भण्डारी जिल्ला बाल क्लव समन्वय समिति मोरङका सदस्य तथा पुर्व नगर अध्यक्ष हुन । मंगलवार विहान बस्कोटाको घरमा उनि मृत फेला परेका हुन ।

Advertisement

भण्डारी वास्कोटाका प्रिय पात्रका रुपमा रहेका थिए । सोमवार राति सकुशल अवस्थामा सुत्नका लागि कोठा प्रवेश गरेका भण्डारी घर मुली युवराज वास्कोटाका अनुसार विहान करिव ७ वजेको समयमा खाटमा मृत फेला परेका हुन । उनको शव पोष्टमार्टमका लागि धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान थालिएको पथरी प्रहरीले जनाएको छ ।

Advertisement

मृतककी आमा राधिका भण्डारीका अनुसार(“छोराले मलाई साझ ७ वजे तिर फोन गरेर युवराज दाईले मलाई वस भन्नु भएको छ म यही वस्छु आज आउदिन यहा जग्गाको काम छ म जग्गाको काम मिलाउदै छु भोली आउछु भन्यो तर आज यस्तो घटना घट्यो । मेरो छोराको मृत्यु अहिले हर्टअटयाक भएर भएको हुन सक्ने भनिएको छ तर मेरो छोरोको मृत्यु त्यसरी भएको म मान्दिन मेरो छोरोलाई मारिएको हो ।

किनकी मेरो छोरोको गर्धन फुलिएको छ, पेट फुलेको छ, एक पटिको कान निलो भएको छ मेरो छोरोलाई त्यही घरमा घटना नघटाएको भएपनि अन्तै घटना घटाएर त्यहा ल्याएर सुताएको हुन सक्छ, मेरो छोरोको घटना आफै भएको हैन घटेकै हो घटाएकै हो हामीले छानविनका लागि प्रहरीमा जाहेरी दर्ता पनि गराएका छौ ।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)