राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्ड नेपाल समूहलाई संकेत गर्दै प्रधानमन्त्री ओलीले भने-कमिलालाई काल आयो भने पखेँटा पलाउँछ !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रचण्ड– नेपाल समूह अहिले पखेँटा आएको कमिला जस्तै भएको बताएका छन् । काठमाडौंको बबरमहलमा आयोजित सुदूरपश्चिमका ओलीपक्षीय कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले यसो बताएका हुन् ।

Advertisement

‘कमिलालाई काल आयो भने पखेँटा पलाउँछ रे,’ ओलीले भने, ‘अहिले यीनिहरुको पनि पखेँटा पलाएको छ । त्यसैले त फुरफुर गरिरहेका छन्, सडकमा जे सुकै बोल्दै हिँडिरहेका छन् ।

Advertisement

’प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपा दुई पक्षमा विभाजित भएको छ ।विभाजित भएसँगै ओली समूह र प्रचण्ड–नेपाल समूहले एकअर्कालाई कटाक्ष गरिरहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article