साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता :विश्वासका तरंगहरू

  • दयानन्द गोस्वामी
  • विश्वासका तरंगहरू

मन्द मन्द गति थियो पूर्वीय बतासको
शितल, सौम्य थियो निशाको चन्द्रमा,
उन्माद थिए युगल बन्दी रातचरीहरू
प्रेमालाप गर्थे पुन्ज प्रकाशको साथमा,
विश्वासका तरंगहरू त्वरित भै रहन्थ्ये
क्रमहरू भङ्ग हुन्थ्ये रजनीको शेषमा,
कति व्यथित थिए उत्तरार्धका दिनहरु
नीरहरू बर्षी रहन्थे निकृष्ट त्यो रातमा,
विलिन हुन्थ्ये जब सम्झौताका रेखाहरु
टपक्क झरेर अडिन्थे आँसूहरू हातमा,
कालो बादलको परतले ढाकेको रविझैं
सुधांशुको मुखार पनि लुप्तित हुन्थ्यो,
अनी समीरको मदहोशी झोंकाहरू संग
लुकामारी खेल्दै रम्दथ्ये निशाचरहरू,
तामिल गर्दथ्ये स्वयं प्रेमिल भावनाहरु
आदित्योदय हुनु भन्दा अघि जमातमा,
प्रेमको प्रारुप त कहिल्यै पनि देखिंँदैन
केवल तरंगित हुन्छन् मनमा कुण्ठाहरू,
ललक जीन्दगीको समर्पण प्रेम रसना
ओतप्रोत भई प्रेमान्जली सहित गाथमा,
मन्द मन्द गति थियो पूर्वीय बतासको
शितल, सौम्य थियो निशाको चन्द्रमा,
उन्माद थिए युगल बन्दी रातचरीहरू
आलाप गर्थे पुन्ज प्रकाश को साथमा।
                 १

Advertisement

      पुँन्जप्रकाश 

Advertisement

चन्द्रमाको त्यो पुँन्जप्रकाश
निशब्द निशाको छ शिरमा,
हिरकमय ताराहरु हेरीकन
गर्दछन डाह(ईर्ष्या र जलन,
ब्रह्माण्डको तिव्र गति संगै
जब ढल्दछ चन्द्राकार पनी,
स्तब्ध सारा पुँन्जतारामणी
अथक निरंतर यात्रा हरुमा,
अदृष्य भैकन लुप्त छ जहाँ
नीर बहे सबै बेदनाहरू को,
ताल भर्यो सबै व्यथाहरुको
क्षण क्षण सरिताको तीरमा,
चन्द्रमाको त्यो पुँन्जप्रकाश
निशब्द निशाको छ शिरमा,
झिलमिल टिलपिल भैकन
निराश भो तिन्का अन्तर्मन,
असंख्य भैकन पनी हामी
विभेद गर्यौ तिमी हे स्वामी१
प्रकाश छर्दछ धरामा सारा
एक्लै भए पनि चन्द्रमा जब
अस्तित्व जब अनुभूत हुन्छ
स्यावास भन्छन जगमा तब,
निरंतर प्रवाहित हुन्छ धारा,
अर्थमय ताराहरु गम्भीरमा
चन्द्रमाको त्यो पुँन्जप्रकाश
निशब्द निशाको छ शिरमा।
              २

स्मृतिका तरंगहरू 

धुमिल भयो तिम्रो चाह्रै दिशा
कुहिरोको कालो अंधकार झैं,
चर्किएको अग्नि शिखा बाट
निस्कि रहेछन् सारा धुवाँहरु,
ऐ बतास !  तिमी जलाई देऊ
निभाएको अग्नि शिखा लाई,
मनमा बाँधिएका उमङ्गहरू
असहाय भएर तड्पी रहेछन्,
मेरो मानसमा अंकित भएका
अखण्ड स्मृतिका ति तरंगहरू,
जब रोमान्चित हुन्छ अन्तर्मन
अनी शुन्य प्रहरमा सम्झिन्छु,
ति स्वप्निल मनका भावनाहरु
जुन तिमी लाई समर्पित थिए,
अतीत मा लिपिबद्ध गरिएका
युगल नयनका ति संवादहरू,
संकुचित मनले बयान गर्दै
इतिहासको पानामा लेखिन्छ,
जब प्रेमको घोर बर्षात हुन्छ
चाह्रै दिशा मरुस्थल देखिन्छ,
जीवन रसनाको अभिलाषी हुँ
अभावमा पनि तृष्णा मेटिन्छ,
नीर बहेका दोषी द्वयनयनहरु
अपराधि सरी झुक्छन क्षण मैं,
धुमिल भयो तिम्रो चाह्रै दिशा
कुहिरोको कालो अंधकार झैँ।
                    ३
बाह्रदशी गाउँ पालिका ४ ( पुर्व गा बि स अध्यक्ष )
झापा

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article