हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

जेन्टलम्यान – (gentleman)

– रमेशकुमार सुवेदी
आइरन गरेको,सफा पेण्टसर्टमा टाई लगाएको त्यो ब्यक्ति सम्झनामा आइदिन्छ।अर्थात जेन्टलम्यान भनेको यस्तो हुन्छ,मैले देखेको,पढेको किताबमा राखिएको तस्बिरले यहिकुरा पुष्टि गर्दथ्यो। त्यतिबेला मलाइ जेन्टलम्यान बन्ने रहर कम्ती लागेको हैन।
अहिले बुझ्दैछु,जेन्टलम्यान(सिल,स्वभाव,चरीत्र राम्रो भएको मान्छे) त्यो कपडा र टाईले हैन,मेरो बोली र ब्यवहारले पो बनाउने रहेछ। फेरि मनमा खुल्दुली भयो,त्यसो भए किन मेरो पुस्तकमा त्यो तस्वीर राखियो?आज सम्म बुझेको छैन।
मेरो बाल मस्तिष्कमा कहिले काहिँ मेरा बा जेन्टलम्यान हैनन जस्तो लाग्थ्यो।किताबको चित्र र बाको लुगामा आकाश पतालको फरक थियो।अनि म कसरी बालाइ जेन्टलम्यान भन्न सक्थे र!हामिलाइ कस्तो मान्छेलाइ जेन्टलम्यान भन्ने,देखाउने कुरा अरु(बिदेशी छपाई)ले नै सिकाएर होला कि मैले सानामा बा लाइ जेन्टलम्यान देख्न र भन्न अलमल परेको।अहिले पछुतो लागेको छ।
मैले देखेका ति मास्टर साहब,गाउँघरका धेरै-धेरै ति मान्छेहरु कहिल्यै जेन्टलमेनमा परेनन् ।उनिहरु न टाइ लगाउथे,न चित्रमा देखाएको जस्तो कपडा। अनि कसका लागि टाईवाला चित्र राखेर जेन्टलम्यान भन्न सिकाइयो? त्यसताका कमिज,दौरा,सुरुवाल,टोपी,धोती,कछाड लगाएको चित्र राखेको भए सायद मेरा बा पनि मेरो नजरमा जेन्टलम्यान हुनेथे कि!भलै ब्यवहार बारे बुझिदै जानेकुरा अलग होला!तर सुरुको अवस्थामा त गर्वका साथ भन्थे नि!मेरा बा,मास्टर,गाउले सबै-सबै जेन्टल्म्यान।
 ( लेखक सशस्त्र प्रहरीको अवकाशप्राप्त एसएसपि हुनुहुन्छ l )
भद्रपुर-७,झापा।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)