हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कांग्रेस चुनावसँग डराउँदैन : सहमहामन्त्री थापा

भद्रपुर : नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले कांग्रेस चुनावसँग पछि नहट्ने बताएका छन्। नेपाल प्रेस युनियन धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहमहामन्त्री थापाले कांग्रेस अहिले नै चुनावमा गइहाल्छ भन्ने नभएको बताउँदै सर्वोच्च अदालतको फैसलाअनुसार निर्णण लिने बताए।

Advertisement

उनले कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा रहेकाले सर्वोच्च अदालतले संसद पुनर्स्थापना नगरे निर्वाचनमा जान तयार रहेको बताए। फरक प्रसंगमा सहमहामन्त्री थापाले धनकुटामा नेकपाका नेताले भ्रष्टाचार र जनतामाथि अत्याचार गरिरहेको आरोप लगाएका छन्।

Advertisement

धनकुटाका गाउँगाउँमा भ्रष्टाचार र अत्याचारले सीमा नाघेको उनको दाबी बताए। नेकपाका जनप्रतिनिधिले सरकारी काममा पनि अड्को थापेर जनतालाई आफ्नो पार्टीमा प्रवेश गर्न बाध्य पारेको थापाको आरोप छ। नेकपाका सांसद तथा नेताले जिल्लामा आफूले पनि काम नगरेको र अरुलाई पनि काम गर्न अवरोध गरिरहेको बताएका छन।

उनले अनुदान र सरकारी काममा पनि पक्ष विपक्ष हेर्ने गरेको भन्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा नेकपाका कार्यकर्ता मात्र काम दिइएको आरोप लगाएका छन्।बिनोद जोतसी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)