स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नरिवल पानी पिउँदाका ८ फाइदा

डि ,के,कौशिक- नरिवल पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुन्छ। एउटा नरिवलमा करिब २ सय मिलीलिटर भन्दा बढी पानी हुन्छ। नरिवल पानीले शरीरलाई तागत त दिन्छ नै, यसमा विषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ। एमिनो एसिड, बी कम्प्लेक्स, भिटामिन सी, एन्टिअक्सिडेन्ट लगायत तत्वहरु हामी नरिवल पानीमा पाउन सक्छौँ।

Advertisement

नरिवल पानी पिउँदाका ८ फाइदा-

Advertisement

१) किड्नीलाई स्वस्थ बनाउनका लागि नरिवल पानीले सहयोग गर्छ। यसको सेवनले किड्नीमा स्टोन हुन दिँदैन।

२) थाइराइडको बिरामीको लागि नरिवल पानी लाभदायी हुन्छ। बिहानीको समयमा नरिवल पानी पिउँदा थाइराइड हर्मोन सन्तुलित हुने गर्दछ।

३) नरिवल पानीमा क्यालोरीको मात्रा कम हुने भएकाले यो खाएको धेरै बेर सम्म पनि भोक लागेको महसुस हुँदैन। यसकारणले तौल व्यवस्थापनमा नरिवल पानीले मद्धत गर्छ।

४) नरिवल पानीको सेवनले छालालाई नरम र मुलायम बनाउँछ।

५) नरिवल पानीमा भिटामिन सी, पोटासियम र म्याग्नेसियम हुन्छ। यसले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।

६) नरिवल पानीमा फ्याट र कोलेस्ट्रोल नहुने भएकाले यसले मुटुको स्वास्थ्यका लागि पनि महत्वपुर्ण भूमिका खेल्छ।

७) नियमित नरिवल पानी सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। यसले गर्दा धेरै रोग लाग्नबाट बच्न सकिन्छ।

८) नरिवल पानीले शरीरमा पानीको मात्रामा कमी हुन दिँदैन। बान्ता भएको समयामा, झाडापखाला लागेको समयामा शरीरमा पानी कम भएको समयमा पनि नरिवल पानी फाइदाजनक सावित हुन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article