समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मन्त्री शाह सवार गाडीको ठक्करबाट एक घाइते , दुर्घटना पछि भागे मन्त्री

सर्लाही । शहरी विकासमन्त्री प्रभु साहको गाडीले सर्लाहीमा एक सर्वसाधारणलाई ठक्कर दिएर भागेको छ ।सर्लाहीको हरिवनमा साह चढेको ना १ झ ३८४२ नम्बरको गाडीले एक वैदल यात्रीलाई ठक्कर दिएर भागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

गाडीको ठक्करबाट लालबन्दी नगरपालिका–८ चन्द्रपुर घरका ३५ वर्षिय बच्चु तामाङ घाइते भएका छन् ।प्रहरीका अनुसार तामाङको कम्मर र खुट्टामा चोट लागेको छ ।

Advertisement

अहिले उनलाई स्थानीय स्वाभिमान अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article