समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

 कमला भट्टराई । झापामा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । झापा गाँउपालिका– ६ शर्णामती बस्ने ४० वर्षीया कुमारी बराईलीको मृत्यु भएको हो । शुक्रबार दिउँसो ३ बजे शर्णामती स्थित भित्री सडकखण्डमा मे १ त ५९८९ नम्बरको ट्याक्टरले पैदली हिडिरहेकी कुमारीलाई ठक्कर दिएको थियो ।

Advertisement

ठक्करबाट गम्भिर घाईते भएकी कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोही दिन बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

ठक्कर दिने ट्याक्टर र चालक सोही स्थानका ४३ बर्षीय दिपक खतिवडा नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article