हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मुक्तिनाथ मन्दिर मंगलबारदेखि खुल्दै

न्यूज व्यूरो- चन्द्रगढी : हिन्दू र बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर पुस २१ गते मंगलबारदेखि खुला गरिने भएको छ।

Advertisement

कोरोना भाइरस (कोभिड १९) महामारीका कारण नौ महिनादेखि बन्द रहेको मन्दिर खुला गर्ने निर्णय भएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङको संयोजनमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको भेलाले मन्दिर खुलाउने निर्णय गरेको जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले जानकारी दिए।

Advertisement

मन्दिर खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरू आउने भएकाले म्याग्दी र मुस्ताङका पर्यटन तथा होटल व्यवसायीहरू उत्साहित भएका छन्। कोरोना कहरका कारण नौ महिनासम्म बन्द रहेका म्याग्दी र मुस्ताङका पर्यटन तथा धार्मिक क्षेत्रहरू खुल्न थालेपछि व्यवसायले निरन्तरता पाउने आशा गरेको म्याग्दी होटल व्यवसायी संघका अध्यक्ष बाबुराम आचार्यले बताए।

यहाँ हिन्दू र बौद्ध धर्मावलम्वीहरूका साथै अन्य सम्प्रदायका व्यक्तिहरू पनि विभिन्न देशहरूबाट आउने गरेका छन्। मुक्तिनाथ र गुम्बामा हिन्दूका ब्राह्मण पुजारी र बौद्धका झुमाले आआफ्नै परम्पराअनुसार पूजा तथा रेखदेख गर्ने चलन रहेको छ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)