समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था थप जटिल, भारत लाने तयारी

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहाललाई थप उपचारका लागि भारत लैजाने तयारी परिवारले गरेको छ ।

Advertisement

उनलाई थप उपचारका लागि  भोलि (सोमबार) नै भारत लैजाने तयारी भइरहेको प्रचण्डको निजी सचिवालयले बताएको छ ।

Advertisement

प्रचण्डका जेठा ज्वाईं अर्जुन पाठकका अनुसार हाल उपचार भइरहेको मेडिसिटी अस्पतालमा थप उपचार सम्भव नभएपछि अस्पतालकै सिफारिसमा दाहाललाई भारत लगिन लागेको हो ।

दाहाल पार्किन्सन जस्तो देखिने वंशानुगत रोगबाट लामो समयदेखि पीडित छिन् ।उनलाई गत बुधबार मात्रै मेडीसिटीमा भर्ना गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article