न्यूज व्यूरो- चन्द्रगढी । धरानमा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारमा संलग्न अन्य केही युवाहरू फरार रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार खुकुरी प्रहारबाट १९ वर्षीय रोजेश गहतराज घाइते भएका हुन । घाइतेका दाइ आशिष गहतराजले प्रहरीमा उजुरी दिएपछि २२ वर्षीय अशिस थापा मगर पक्राउ परेका हुन् । १६ गते भोटे पुलमा राती ७ बजे भएको घटनामा संलग्न अशिस हिजो पक्राउ परेका हुन ।
पक्राउ परेका अशिसलाई ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको छ । अन्य फरार युवाहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आज उनलाई जिल्ला अदालत सुनसरीमा आज म्याद थप लगिएको छ । घाइते रोजेशले लागुऔषध (गाँजा) किन्न पैसा दिएका थिए।
तर, हाल फरार रहेका युवाहरूले गाँजा पनि नल्याइदिएको र पैसा पनि फिर्ता नदिँदा झगडा भएको प्रहरीको भनाई छ । घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार पछि डिस्चार्ज भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।-डिके क्षेत्रों