समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरकाे श्रम कार्यालयमा मजदूर नेताब्दारा तोडफोड

न्यूज व्यूरो- / श्रम कार्यालय विराटनगरको कार्यालयमा दुई जना मजदुर नेताले तोडफोड गरेका छन् । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर प्रालीमा कार्यरत रमेश थापा र सुशिल गच्छदारले विराटनगर–३ मा रहेको श्रम तथा रोजगार कार्यालयमा तोडफोड गरेका हुन् ।

Advertisement

तोडफोडमा सङ्लग्न थापा नेपाल कारखाना श्रमिक सङ्घ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनसरी अध्यक्ष हुन् । उनीहरुले कार्यालय हाताभित्र प्रवेश गरेर पूर्वतर्फको सीसाको झ्यालमा ढुङ्गाले हानेर फुटाएका थिए । कार्यालय तोडफोड भएपछि कार्यालयका प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले घटनामा सङ्लग्नलाई पक्राउ गर्न प्रहरीमा निवेदन दिएका छन् ।

Advertisement

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा गाली बेइज्जती ऐन र सार्वजानिक अपराध ऐन अनुसार कारवाहीको माग निवेदन दिएका हुन् ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article