हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रजातान्त्रिक आन्दोलनका अगुवा कोइरालाको निधन

न्यूज व्यूरो- प्रजातान्त्रिक आन्दोलनको अगुवा विराटनगरको कोइराला परिवारका सदस्य निरञ्जन कोइराला ‘निरु दा’को कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

Advertisement

उनी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाका दाजु हुन् । अगुवा नोना कोइरालाका छोरा निरञ्जनको उपचारका क्रममा आइतबार भारतको नयाँ दिल्लीमा निधन भएको हो ।

Advertisement

कोइराला विगत एक महिनादेखि नयाँदिल्लीको म्याक्स अस्पतालमा उपचाररत थिए । दाजु बिरामी परेपछि शेखर गत पुस १४ गते नयाँदिल्ली पुगेका थिए ।

उनी नयाँदिल्लीमै छन् । निरञ्जन केशव कोइराला र नोनाका छोरा हुन् । निरञ्जन नेपालको पञ्चायती शासनका विरूद्ध प्रजातान्त्रिक आन्दोलन र राजनीतिमा सक्रिय थिए । उनी पर्यटन व्यवसायीसमेत हुन् ।दिपेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)