समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारततर्फ लाँदै गरेका चार युवतीको उद्धार

न्यूज व्यूरो- पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको नयाँ दिल्ली लाँदै गरेका चार युवतीको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

Advertisement

सीमा नाका हुँदै भारततर्फ लैजाने क्रममा आइतबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टमा खटिएका जवानले उद्धार गरी शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए।

Advertisement

सशस्त्र प्रहरीका अनुसार झापाको दमक नगरपालिका–७ की १८ वर्षीया, २३ वर्षीया, २७ वर्षीया र मकवानपुरको हेटौडा उपमहानगरपालिका–७ की २१ वर्षीया युवती रहेका छन्।

रोकथाम गरिएका महिला र भारततर्फ लैजाने कार्यमा संलग्न महिलालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको छ।-कर्ण क्षेत्रों (कैलाशी)

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article