समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सीमामा जबरजस्ती पिलर गाड्न खोज्ने एसएसबीलाई स्थानीयले लखेटे

न्यूज व्यूरो- भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पूर्वी सीमावर्ती क्षेत्र सूर्योदय नगरपालिकाको हिलेमा पिलर गाड्न खोजेपछि स्थानीयले लखेटेका छन्। ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को माध्यमबाट हिले क्षेत्रको सो भू–भागमा एसएसबीले कब्जा गर्न खोजेपछि स्थानीयले त्यहीँ पुगेर प्रतिकार गरेका हुन्।

Advertisement

स्थानीयको हुलसहित सशस्त्र प्रहरी पुगेपछि एसएसबी आफूले गाढेको पिलर उखेलेर पछि हटेको थियो। सशस्त्र प्रहरी बलको पशुपतिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी)का इन्स्पेक्टर नवीन खतिवडाले एसएसबीले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस)ले देखाएको ठाउँ भन्दै नेपाली भू–भागपट्टि पिलर गाढ्ने प्रयास गरेको बताए। जिपिएसको आधारमा आफनो भूमि दाबी गरेर विवादित ठाउँमा पिलर गाड्न खोजेको रहेछ।’ खतिवडाले भने, ‘स्थानीयबासिन्दासहित हाम्रो टोली त्यहाँ पुगेपछि एसएसबीको टोलीपछि हटेको छ।’

Advertisement

भारतले सीमाक्षेत्रमा राखेको एसएसबीको बिओपीमा नयाँ नेतृत्व आएपछि यहाँ पिलर गाड्ने प्रयास गरेको खतिवडाले बताए। समस्या समाधानका लागि अहिले एसएसबीसँग हाम्रो छलफल छ,’ इन्स्पेक्टर खतिवडाले भने, ‘पिलर कहाँ गाड्ने भन्ने यकिन नभएका बेला एकतर्फी रूपमा सीमा यकिन गर्न खोज्दा थप समस्या हुनसक्ने भएकाले छलफल गर्न लागिएको हो।’ भारतले गुगल म्याप आधार भन्दै नेपाली भुमि अतिक्रमण गरिरहेको छ। गुगल म्यापले नेपालतर्फको धेरै भु–भागलाई भारततर्फ देखाइदिँदा सीमा अतिक्रमण बढ्दै गएको छ।

गत बर्ष मंसिरमा गुगल म्यापले पूर्व–पश्चिम राजमार्गलाई नै भारतीय क्षेत्रतर्फ देखाइदिएको थियो। सुनसरीको कोशी व्यारेज नजिकै हनुमान मन्दिरदेखि ४ सय मिटर पूर्व सडकबाट हरिपुर क्षेत्रको करिब ६५० मिटरसम्मको सडक नै भारततर्फ रहेको गुगल म्यापमा अझै पनि गुगल म्यापमा भारततर्फ नै रहेको देख्न सकिन्छ।-देशबन्धु कौशिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article