समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हुम्ला जोड्ने सडक छिचोलिँदै कर्णाली करिडोर

न्यूज व्यूरो- हुम्ला-सडक मार्गले राष्ट्रिय राजमार्गसँग हुम्ला जिल्लालाई जोड्न नेपाली सेनाले कर्णाली करिडोर छिचोल्न सुरु गरेको ६ वर्ष भयो । हालसम्म नेपाली सेनाले ट्रयाक खोलेको मध्ये ९० प्रतिशत सडकमा गाडी गुड्न थालेको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको कर्णाली करिडोरको कालिकोटको खुलालुदेखि हुम्ला सदरमुकाम सिमकोट जोड्ने १ सय ३७ किलोमिटर सडकको ९० प्रतिशत ट्रयाक खुलेको छ ।

Advertisement

कालिकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको १ सय २२ किलोमिटर सडकमा ट्रयाक खुलेको नेपाली सेनाले जनाएको छ । ट्रयाक खुलेसँगैयस क्षेत्रमा गाडी गुड्न थालेका छन् । यो सडकखण्ड निर्माणका लागि ९ चैत ०७१ मा नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

Advertisement

कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख मेजर मिलन कार्कीले सल्ली सल्लासम्म ट्रयाक खुलेको बताउनुभयो। ‘सल्ली सल्लासम्म १ सय २२ दशमलव ७५ किलोमिटर ट्रयाक खुलेको छ,” इन्जिनियरसमेत रहेका मेजर कार्कीले भन्नुभयो, ‘खुलालुदेखि जैर खच्चासम्म एक सय १४ किलोमिटर सेनाले पनि तेलसहित गाडी गुडाउने गरेको छ । खच्चादेखि ८ दशमलव ७५ किलोमिटरमा गाडी गुडेको छैन । त्यसमा पनि छिटै गाडी गुड्छ ।’ सेनाले १ सय २५ किलोमिटर ट्रयाक निर्माणको जिम्मा पाएको थियो ।

त्यसमध्ये अब दुई दशमलव दुई किलोमिटर मात्रै बाँकी रहेको मेजर कार्कीले बताउनुभयो। अब सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्न १५ किलोमिटर मात्रै बाँकी छ । त्यो सडकखण्डको ट्र्याक खोल्ने जिम्मा पनि सेनालाई नै दिनुपर्ने स्थानीय बासिन्दा बताउँछन् । -कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article