प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

अमेरिकामा कोरोनाको नयाँ रेकर्ड, एकै दिन ३ लाख संक्रमित

न्यूज व्यूरो- बितेको २४ घण्टामा अमेरिकामा कोरोना संक्रमणले नयाँ रेकर्ड बनाएको छ। पछिल्लो २४ घण्टामा अमेरिकामा झण्डै तीन लाख मानिसमा संक्रमण भेटिएको छ। यो कोरोना संक्रमण सुरु भएयताकै सर्वाधिक संख्या भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
अमेरिकामा हालसम्म २ करोड ११ लाख १३ हजार पाँच सय २८ जनामा कोरोना देखिएको छ। जसमध्ये ३ लाख ६० हजार ७८ जनाको ज्यान गएको छ भने संक्रमणमुक्त हुनेको संख्या संख्या १ करोड २४ लाख ३६ हजार नौ सय ५८ जना छन्।
हालसम्म विश्वमा कोरोनाबाट ८ करोड ५४ लाख ९८ हजार ५ सय ९५ संक्रमित भइसकेका छन्। कुल १८ लाख ५० हजार हजार ६ सय ५ व्यक्तिको यसबाट ज्यान गइसकेको छ। विश्वमा हालसम्म ६ करोड ४ लाख ५१ हजार ९ सय ८४ जना संक्रमणमुक्त भइसकेका छन्।-योग्यमाया ढुंगाना
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article