हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

वन्यजन्तुको सुरक्षाका लागि अपनाउनुपर्ने सुझाव

न्यूज व्यूरो- नेपालका विभिन्न संरक्षित क्षेत्रका राजमार्ग, सडक वा अन्य स्थानमा मानव र वन्यजन्तुबीचको द्वन्द्वबाट हुने क्षति बर्सेनि बढ्दै गइरहेको एक अध्ययनले पुष्टि गरेको छ।

Advertisement

रेखीय वा लामो प्रकृतिको पूर्वाधार (सडक, सिँचाइ, प्रसारणलाइन, रेलका लिङ्कलगायत) निर्माण गर्दा अपनाउनुपर्ने सावधानी र वातावरणीय पक्षप्रति ख्याल नगर्दा यस्ता दुर्घटना बर्सेनि थपिँदै गएका छन्। यस्ता घटनाबाट मुलुकले एकातिर जैविक विविधता संरक्षणका क्षेत्रमा गरेको खर्च खेर गइरहेको छ भने अर्कोतर्फ संरक्षणमा हालसम्म प्राप्त उपलब्धि पनि मासिने क्रम बढाएको छ ।

Advertisement

संरक्षणका क्षेत्रमा हालसम्म कमाएको अन्तर्राष्ट्रिय छवि र पर्यटन क्षेत्रलाई समेत यस्ता घटनाले असर गरिरहेका छन्। नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले यस समस्यालाई सम्बोधन गर्ने गरी सरोकारवाला निकायहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले हालै तीन महिना लगाएर स्थलगत अध्ययन गरेको प्रतिवेदन सार्वजनिक गरेको छ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माणका केही काम भए पनि ती पर्याप्त नभएको र हाल निर्माण भएकाभन्दा अझ स्तरीय र प्रभावकारी निर्माण आवश्यक देखिएको प्रतिवेदनको निष्कर्ष छ ।-स्मृति रिजाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)