हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

“अनावश्यक तर्क”

  • रमेश कुमार सुबेदी

कलम चलाउन कहिलेकाँही निक्कै गार्‍हो हुदोरहेछ।बिषय बस्तुको छनौट कसरी गर्ने भन्नेकुरो धेरै कारणले प्रभावित गरीदिदा यति समस्यामा परिदोरहेछ कि आफुले लेख्न नचाहेको बिषयमा पनि कलम चलाउन दुस्साहस गर्नु पर्ने रहेछ। सामाजिक परिवेशका विषयबस्तुले मान्छेको मस्तिष्कलाई यसरी परिवर्तन गर्दिन्छ कि उ त्यो बिषयमा नचाहेर पनि कलम चलाउन बाध्य हुनेरहेछ। त्यहीमाथि रेडियो,टिभी,अन्लाईन,फेसबुक,इन्स्ट्राग्राम,ट्विटर जेजति छन् तिनले मान्छेलाइ आफ्नाकुरा राख्न र भन्न अभिप्रेरित गरिदिन्छ।आज मलाई यस्तै-यस्तै हुदैछ,मेरो जिज्ञासा अनि सबैको चासोमा पुर्ण जानकारी नहुदानहुदै पनि बढ्ता जान्नेभइ बोलुँ-बोलुँ हुदैछ, केहि लेखुँ-लेखुँ लाग्दैछ।तसर्थ मैले यो “अनावश्यक तर्क” लेख्ने दुस्साहस गर्दैछु।

Advertisement

(क) राजनीतिक स्थिति:-

Advertisement

(१) परीवर्तनको संबाहक राजनितीज्ञहरु नै हुन। यिनले प्रवाह गरेको बिचारलाइ कार्यकर्ताले आ-आफ्नो स्तरबाट जनमानसमा पुर्याउने हो।चुनावताका होस या अन्य अवस्थामा आ-आफ्ना कार्यकर्ताले भोटर र मान्छे तान्ने प्रयास इमान्दारिताका साथ गरेको पाइन्छ। कार्यकर्ताले जतिनै प्रयास गरेको किन नहोस,जनताले देखेका/चाहेका सपना पुरा हुन सकेनन्।पहिलेका नेता र अहिलेका नेतामा जनताले “बिपन्नता” र “सम्पन्नता”को अन्तर देखे।उनिहरुमा यिनको विकल्प छैन भन्ने ज्ञान पुर्णरुपमा भएपनि बिश्वास कसैमाथि रहेन।

(२) नेताजीमा “सम्पन्नता”तिर जाने यस्तो हुटहुट्टी चलोकि उहाहरु एक-आपसमा प्रतिस्पर्धी हुनुभयो। कार्यकर्ता नेताजीको प्रतिस्पर्धामा मुकदर्शक मात्रहैन सहयोगी समेत हुदै जानुभो।असल कार्यकर्तालाइ पाखालगाउदै गैयो।नेता र कार्यकर्ताको सम्बन्ध टुट्दै गयो,अन्ततः स्वाभिमान गुमाउन तयार भएका ब्यक्तिहरु पार्टिका असल कार्यकर्ता भै पार्टीमा टिक्न थाले।उनीहरुको जय-जयकार नेताजीलाइ अमृत हुन्थ्योभने चिप्लाकुरा सत्य-सन्देश लग्थ्यो। असल,त्यागी कार्यकर्ता सन्देहको रुपमा हेरीन थालियो। फलतः असल,योग्य कार्यकर्ताको”मुटु माथि ढुङ्गा राखी”टुलुटुलु हेर्नु बाहेक अरु उपाय केहि चलेन।उनिहरु मौनबस्न बाध्य पारियो।जनता र नेताको बिचमा पुल बनिदिनेहरु टाढा झन टाढा हुदैगए।

(३ ) चुनावी घोषणा चुनाव जित्ने ललिपप मात्र भयो।उहाहरुबाट बाडिएका आश्वासन(बिश्वास )जनताले पाएनन् ,जनता चिढिदै गए।नेता बोले जनतालाई “गफै त होनि सम्धी”हुन थालो।आस्था,सम्मान घट्दै गयो,बिस्तारै- बिस्तारै जनताको मानसिकस्थिती “गाली,बेइज्जतीको पर्याय नेता” हुन थालो। नेता देख्दा जनताको आखामा”ज्वालामुखि”आउने भयो।

(४) नेताजी सबैका साझा हुनुपर्नेमा साशकको अवतारमा देखिन तयार हुनुभयो।जहाँ- जहाँ सकिन्छ,त्यहाँ-त्यहाँ राजनीतिलाइ “उपभोग-निति”मा प्रयोग गर्न थाल्नुभयो।जसले “कमाउँ र खाउँ”भन्नेलाइ बढावा दियो।यिनै पार्टीको कार्यकर्ता भए,राजनैतिक सिद्धान्त/आदर्श “नेता फुटाऊ”,कुर्सी पाऊ”भन्ने भयो। एक-आपसी मित्रता हराउदै गयो!बिश्वासमा कमि देखियो!साथिहरु वैरी भए।स-साना कुरामा बिदेशी शक्ति आउनुपर्ने अवस्था आयो।यिनले आफु अनुकुल निर्णय गराउन,”खेल” खेले।नेपाली राजनिती कतै अर्काको हातमा त गएको छैन-हामीलाइ सोच्न बाध्य पारियो/पारिदैछ। (ख) अबको बाटो:-

(१) राजनीतिमा खबरदारी सबै भन्दा महत्त्वपूर्ण बिषय हो,खबरदारी गर्ने कर्तब्य प्रतिपक्षीको हुन्छ। यिनले जनतालाइ जानकारीदिइ सरकारलाइ सहि मार्गमा हिडाउनु पर्नेहो।तर प्रतिपक्षी भागबण्डामा अल्मलिएकोले उसको भुमिका सधै सङ्कास्पद रह्यो। यतिमात्र लेखुँ सबैतिरको भागबण्डा अन्त्यहुन जरुरी छ।

(२) सरकार र प्रतिपक्षी दुबैलाइ जिम्मेवारी बोध गराउने सशक्त भुमिका मिडियाले खेल्नुपर्ने हुन्छ, तितो लाग्नसक्छ!मिडिया सरकार र प्रतिपक्षी दुबैको आ-आफ्नो भयो।उ जनताको हुन सकेन।अन्य घटनामा मिडिया सत्य बोलो! राजनैनिक अवस्थामा आ-आफनै नुनको सोझो भयो।पहिले र अहिलेका मिडियामा “सत्य र झुट”बराबरको फरक भयो। राजनीतिक मुद्दामा भोकोपेट बनाएर भएपनि “म सत्य छु” मिडियाले पुष्टि गर्नै पर्छ।यसो भएमा लेखेर राख्नुस चुट्किको भरमा सुधार हुन्छ-हुन्छ।

(३) तपाइ आफै आँखा चिम्लनुस,सोच्नुस कुन स्थानमा,पेशामा राजनैनिक हस्तक्षेप छैन?अब तपाइ आफैले भन्नु हुन्छ,अतीभो!छोड राजनिती!अनि एउटै नारा लगाउन मनलाग्छ”नो डर्टि पोलिटिक्स”। राजनीति गर्ने थलोमा राजनीति हुनुपर्छ,अन्यत्र हैन।सबैले दबाब रहित स्वतन्त्र रुपमा काम गर्न पाउनु पर्छ।

(४) सुरुदेखि अहिलेसम्मका राजनैतिक प्रतिबद्धताका फायलहरु कहाँ-कहाँका सन्दुकमा छन् !खोजी हुनुपर्छ।यिनले न्याय पाउनु पर्छ। यसले जनतामा नेताप्रति बिश्वास जगाउछ कि! नत्र “जुन जोगी आएपनि, कानै चिरेका” भन्न बाध्यहुने स्थिति देखिन्छ।

(५)अहिलेको राजनितीमा भैरहेको अभ्यासले जनतामा राम्रो संदेश गएको छैन,उहाहरुले हामिले जेगर्दा पनि हुन्छ,जनता पछिलागि हाल्छन नि!भन्ने मानसिकताले कामगरेको देखिन्छ,यस्तो सोचबाट नेताजीलाइ बचाउन बिकल्पको रुपमा “ब्यालेटमा,”नो भोट”राख्ने अवधारणाका बारेमा समेत चर्चाहुन जरुरी देखिन्छ।यसबाट उहाँहरु जनताप्रति उत्तरदायी हुने र “उल्टो भएको जनताको मन,सुल्टो हुदै जाने” पो होकि !

(६) आ-आफ्ना पुराना कार्यकर्ताहरुको मनोबैज्ञानिक अवस्था,बैरागको कारण खोज्नु पनि सुधारको एउटा पक्ष हुनसक्छ।

(७) पार्टीको नितिमा हेरफेर ७ (१) एकपदको निति ७(२)नेताको उमेर हद ७(३) शैक्षिक योग्यता ७(४)पार्टी अध्यक्ष र प्रधानमन्त्री दुइ कार्यकाल

(ग) उपसंहार :- यहाँ जे जति लेखिएका छन,जनताले सुनाका,भुक्तभोगीले बोलेका गुनासोहरुलाइ मैले समेट्ने प्रयास मात्र गरेकोहो। राजनितीमा यस्ता गुनासो जति नै आएपनि देश सुधार्ने प्रतिबद्धता नेताजीले नै गर्नु पर्छ। उहाँहरु नेपालीको आशाका केन्द्रपनि हो।तसर्थ यो देश बनाउने जिम्मेवारी उहाँहरुकै हो।”जे जसरी पनि दुनो मेरै भागमा” यो सोच अब त्यागौं।जेहुनु भयो!कम्तिमा अब सुधारक हुनुपर्छ।नमुना नेता हुनुपर्छ।

उहाँहरुमा भएको त्याग,समर्पण जाग्नु पर्छ।आदर्शको राजनिती पहिलेको जस्तै हुनुपर्छ।कुर्सिको लागी सिद्धान्तको बलि अब नचढाऊ। म “बोले ऐन नबोले चैन” गर्नु हुदैन।जनता आजित हुदैछन्।उनिहरुको धैर्यता टुट्नलाग्दैछ।धैर्यता र सहनसक्ने शक्ति हरायोभने जनताले “साधुलाइ सुली”चढाउन कति बेर लाग्छ र! अन्त्यमा आदरणीय लेखक भुपी शेरचन ज्युको “घुम्ने मेचमाथि अन्धो मान्छे” हुने कि नहुने नेताजी कै मर्जी !! “अस्तु”

– लेखक सशस्त्र प्रहरीको अवकाशप्राप्त एसएसपि हुनुहुन्छ ( भद्रपुर-७,झापा )

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)