साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एक्लो हिरो बन्छु

-टीका पोखरेल
मज्जा आउँछ अरुलाई गाली गर्न पाउँदा
क्या आनन्द अरुलाई खिल्ली उडाउँदा
सधैं मेरै प्रसंशा मा लाउन सबले ताली
असह्य नै हुन्छ मलाई खानु पर्दा गाली ।।

Advertisement

सर्वज्ञ हुँ जगत भरी मै हुँ बोल्न जान्ने
जतिसुकै जानुन अरु किन तिनलाई मान्ने
आफू द्वारा देखिएको मात्रै सत्य लाग्छ
आफ्नो सामु अरु सबै लाटो मुर्ख लाग्छ ।।

Advertisement

मै हुँ वीर मै हुँ ठुलो अधिकार मेरै
जो छन् यहाँ लुरुलुरु पछी लागून् मेरै
जे गरे नि आफैं गर्छु अरु हट्नु पर्छ
जगतको अधिपति मलाई मान्नुपर्छ ।।

गफ चुट्छु मानिहाल्छन् मेरा भक्तहरु
ढुक्क छु म मेरै पाऊ मोल्छन् भक्तहरु
मेरा भक्त बाँच्नु पर्छ अलिअलि लुट्छन्
लुकाइछिपाई मेरो लागि जोहो पनि गर्छन् ।।

अरु सबै साधु बन मैले लुटे पनि
नत्र अब डन्डा हान्छु लुटेरा हौ भनी
टेढामेढा गर्यौ भने भित्र कोचिदिन्छु
बढाउँछु मेरै कीर्ती एक्लो हिरो बन्छु ।।

आदरणीय विद्वान मित्रहरू अचेल हाम्रो समाज अनि सिंगो राष्ट्र राजनीति ूमू पात्र ले विकृत बनाएको छ, यो कवितामा मैले म पात्रको वयान गर्ने दुस्साहस गरेको छु, कृपया अन्यथा नलिईदिनु हुन विनम्र अनुरोध छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article