राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कमल थापाले हेटौंडामा शुभारम्भ गरे सकृय सदस्यता बितरण अभियान

 हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सकृय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा -१८ हर्नामाडिमा आज आयोजित कार्यक्रममा सकृय सदस्य बन्नको निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरे।

Advertisement

राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघन रुपमा देशब्यापी सकृय सदस्यता बितरण अभियान संचालन गरेको छ।महाधिवेशनमा महिला,मधेसी ,सिमान्तक्रीत,दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको समेत सो अबसरमा जनाईएको छ।  कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे। मुलुकको बिकास र समृद्धिको निमित्त राप्रपासंग स्पष्ट खाका भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा भएको समेत दाबी गरे ।

Advertisement

कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले मकवानपुरको बिकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्त्वपूर्ण भुमिका र योगदानको कदर गर्नुपर्ने आबश्यकता औल्याए। सो अबसरमा अध्यक्ष थापासङ्गै सकृय सदस्यताको लागि नेताहरु मधु अधिकारी,राजाराम बर्तौला, प्रलिता थापा,नबराज बिष्ट,रामहरि न्यौपाने,शिव रिजाल,गुरु सापकोटा लगयतले सकृय सदस्यता फारम बुझाएका थिए।

देशभर ३ लाख सकृय सदस्य बनाउने लक्ष्यका साथ अभियान शुरु गरिएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।राप्रपाको  महाधिवेशन आगामी बैशाखमा तोकिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article