हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मापसे गरी बस चलाउँदा दुर्घटना

 हल्दिबारी न्यूज डेक्स- चन्द्रगढ़ी । विराटनगरको बरगाछी चोकमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । बुधबार राति विराटनगर बसपार्कमा पार्किङ गरेर राखेको बस एक युवाले लापरबाहीपूर्ण तरिकाले लिएर जाने क्रममा विराटनगर महानगरपालिका–३ बरगाछीमा दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परेको को १ ख ५२४१ नम्बरको सेल्फी डिलक्स बस सुनसरीको कोसी गाउँपालिका–७ भण्टाबारीका २४ वर्षीय रक्कु भनिने राकेश कार्कीले चलाएका थिए । दुर्घटनामा कार्की गम्भीर घाइते भएका छन् । उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालको आईसियूमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सो बसलाई चालकले विराटनगर बसपार्कमा पार्किङ गरेका थिए । बुधबार राति ११ बजेतिर कार्कीले लिएर गएको र दुई किलोमिटर उत्तरमा बरगाछी पुर्‍याएपछि दुर्घटनामा परेको खुलेको हो । साँझ पार्किङ गरेर बसपार्कमा राखेपछि चालक सिरहाको लहान–१५ का ३२ वर्षीय सूर्यनारायण चौधरी सुत्न गएका बेला कार्कीले बस आफूखुसी लिएर गएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

Advertisement

उनका अनुसार दुर्घटना हुनअघि बसका सह–चालक धनकुटाको सहिदभूमि गाउँपालिका–१ का १९ वर्षीय महेश दुलालसँग बसेर होटलमा कार्कीले मदिरा सेवन गरेका थिए । त्यसपछि दुलाल बसमै गएर सुतेको र कार्कीले चलाएर उत्तरतर्फ लिएर गएको राईले बताए । दुर्घटना हुँदा बसभित्रै रहेका दुलाल भने सकुशल छन् । घटना भएका बेला उनी पनि मदिराको नशामा रहेको प्रहरीले जनाएको छ । बसले किचिरहेको अवस्थामा उद्दार गरेर उपचारका लागि लगिएका कार्की भने मदिराको नशामा लट्ठ रहेको राईले बताए । ‘बस जुनसुकै चाबीले पनि खुल्ने गरेको पाइयो । चालक सुत्न गएपछि अर्कै चाबीको प्रयोग गरेर बसपार्कबाट कार्कीले बस लगेको खुलेको छ,’ डीएसपी राईले भने, ‘कार्की अत्यधिक मदिरा सेवन गरेर होसमा नभएका कारण बस आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।’ उनका अनुसार कार्की डेढ वर्षअघिसम्म त्यही बसमा सह–चालकका रुपमा काम गर्थे । बस विराटनगरबाट उदयपुरको कटारीसम्म सञ्चालन हुँदै आएको थियो । त्यो बसमा काम गर्न छाडेर कार्कीले अर्को दिक्तेल–ओखलढुङ्गा चल्ने ना५ख ३५०३ नम्बरको बसमा सह–चालकका रुपमै काम गर्न थालेको पाइएको छ । प्रहरीका अनुसार त्यो बस पनि एक महिनाअघि सप्तरीमा दुर्घटनामा परेको थियो ।

आफूले काम गर्ने बस दुर्घटनामा परेर थन्किएपछि फुर्सदिला बनेका उनी विराटनगरमा आएर साथीहरुसँग बस्दै आएको पाइएको प्रहरीले जनाएको छ । सवारी बीचैमा दुर्घटनामा परेपछि गन्तव्यसम्म पुग्न नपाएको र त्यो बस कहाँसम्मका लागि लिएर गएको हो भन्ने खुलेको छैन ।

प्रहरीले दुर्घटनामा परेका बेला बसभित्रै रहेका सह–चालक दुलाललाई नियन्त्रणमा लिएको छ । उत्तरतर्फ गइरहेको बस छ लेन सडक पार गर्दै पूर्वतर्फ अर्थात् चालकको दायाँतिर पुगेर बिजुलीको पोलमा ठोक्किएको डिएसपी राईले बताए । बस ठोक्किएपछि बिजुलीको पोल भाँच्चिएको छ ।-दिपेश कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)