हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी तोरी खेतीको लागि पकेट क्षेत्र घोषणा

जलथल – २६ पौष । झापाको हल्दिवारी गाउँपालिकालाई तोरी खेतीयोग्य भएको ठहर गर्दै कृषि ज्ञान केन्द्र झापाले        ” तोरी पकेट क्षेत्र “ घोषणा गरेको छ ।

Advertisement

कृषि ज्ञान केन्द्र झापाले हल्दिवारीका किसानलाई तोरीबाट आत्मानिर्भर गर्नको लागि अनुदान तथा प्राविधिक सहयोग गर्न लागेको हो ।

Advertisement

हल्दिवारी – २ का अध्यक्ष राजेन्द्र योङहाङ्ग्ले शुरु गराएको तोरी खेती अभियानले राम्रो प्रतिफल दिएपछि कृषि ज्ञान केन्द्रले यस गाउँपालिकामा तोरी उत्पादन बढाउन प्राविधिक ,बिउ- मल तथा यान्त्रिक करणमा करोडौं खर्च गर्न लागेको छ ।

कृषि ज्ञान केन्द्र झापाले पकेट कार्यक्रममा सहभागी भै तोरी खेती अभियानमा सहभागिताको लागि सार्वजनिक सूचना समेत गरेको छ। यहि पौष १५ गते देखि २९ सम्म पकेट कार्यक्रम जोडिएर फाइदा लिन आह्वान गरिएकोले संबंधित वडा ,कृषि शाखा तथा कृषि ज्ञान केन्द्रमा सम्पर्क गरि फाइदा लिनुहुन हल्दिवारी डटकम सबैमा आह्वान समेत गर्दछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)