समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

झापाबाट विराटनगर आउँदै गरेका युवक बस भित्रै मृत

हल्दिबारी न्यूज डेक्स- विराटनगर । झापाबाट विराटनगर आउँदै गरेका एक युवकको बाटोमै मृत्यु भएको छ । झापाको केर्खाबाट विराटनगर आउने जनसेवा यातायात प्रालीको मे १ ख ३३३३ नम्बरको बसमा सवार २६ वर्षीय राजकुमार थापाको बस भित्रै मृत्यु भएको हो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईका अनुसार ति युवक आइतबार बिहान केरखाबाट गाडीमा चढेका थिए । विराटनगरका लागि चढेका युवकलाई बसपार्कमा पुगेपछि मृत अवस्थामा भेटिएको उनले बताए । थापा मृगौला रोगी हुन् । घरबाट उनी उपचारका लागि भन्दै एक्लै विराटनगर आएका थिए ।

Advertisement

‘ नेशनल किड्नी सेन्टरमा हिडेको देखिन्छ,’ डिएसपी राईले भने ‘प्रारम्भिक अनुसन्धानका क्रममा बस भित्रै मृत्यु भएको देखिन्छ ।’ गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा भेटिएपछि गाडीका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गर्दै आएका थिए ।-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article