साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

रुँदैछौ किन

हे भाइ तिमी रुँदैछौ किन झुकाउँछौ किन शिर
जन्मेको एक्लै जानू छ एक्लै नगर धेरै पिर ।
के पाउछौ भन आँसु मा डुबि सम्हाल आफुलाई
स्वार्थी को मन निस्ठुरी हुन्छ तोड्छ ऊ नातालाई ।।

Advertisement

वचन को तिर ले मुटुमा घोच्दा बनाउँछ घायल
मुटु लाई कठोर बनाउ अब नबन पागल ।
लोभी को कहिल्यै नगर्नु भर दुस्खको बेलामा
छोड्दछ साथ लत्याउँछ सधैं हारेको बेलामा ।।

Advertisement

आँसु को आफ्नै पोखरी बनाई डुबेर गर्नु के
पग्लिन्नँ कहिल्यै निस्ठुरी मन रोएर गर्नु के ।
पाइन्नँ भने कसैको साथ आस पनि नगर्नु
उभिनु आफ्नै खुट्टामा सधैं लम्पसार नपर्नु ।।

आँसुको अर्थ हुँदैन थाहा रुवाई बस्ने लाई
अरुको पिडा के थाहा यहाँ पैसामा बिक्नेलाई ।
संकल्प गर बटुल साहस जुटाउ हिम्मत
विजयी हुन्न रोएर कोही हारेमा हिम्मत ।।

टीका वियोगी
बिर्तामोड , झापा 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article