हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चन्द्रागिरीमा एक पुरुषको हत्या

काठमाडौँको चन्द्रागिरी ७ घुमाउनेमा एक जना पुरुषको हत्या भएको छ । मंगलबार राति ९ः१० बजे लेनदेनको विषयमा विवाद हुँदा चन्द्रागिरी ७ घुमाउनेमा टहरामा बस्दै आएका ५२ वर्षीय होम बहादुर सुदारको हत्या भएको हो ।

Advertisement

महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार विवादको क्रममा चन्द्रागिरी २ का २२ वर्षीय रामकृष्ण तामाङले लौराले सुदारको टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा उनको मृत्यु भएको हो । प्रहरीले तामाङलाई मंगलबार राति नै पक्राउ गरेको छ ।

Advertisement

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा तामाङले मृतकसँग ७ लाख रकम लिनुपर्ने र पटक पटक माग्दा समेत नदिएकोले तामाङले सुदारको हत्या गरेको खुल्न आएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)