स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

विराटनगरको कोसी अस्पतालमा दुई जनामात्र सङ्क्रमित

हल्दिबारी न्यूज डेक्स- विराटनगर । कोरोना सङ्क्रमणदर घटेसँगै विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा बिरामीको चाप घटेको छ ।

Advertisement

८० बेडको उपचार केन्द्रमा दुई जना मात्रै बिरामी छन् । सङ्क्रमितलाई राख्न बेडको अभाव भएपछि कोभिड अस्पतालसँगै निर्माण गरिएको नागरिक केयर सेन्टर खाली छ । दसैँ–तिहारको अवधिमा विराटनगरमा कोरोना सङ्क्रमितको चाप उच्च थियो । चाप बढेका कारण बेड पाउनै मुस्किल परेको थियो ।

Advertisement

तर पछिल्लो समय भने कोरोना सङ्क्रमितको उपचार गर्ने सरकारी अस्पताल खाली हुने अवस्थामा पुगेको हो । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रका निमित्त संयोजक एपोलो भगतका अनुसार बुधबारसम्म दुई जना मात्र बिरामी छन् । ‘८० बेडको अस्पतालको भेन्टिलेटरमा एक जना र जनरल बेडमा एक जना बिरामी हुनुहुन्छ,’ उनले भने, ‘नागरिक केयर सेन्टर उद्घाटन भएयता बिरामी भर्ना भएका छैनन् ।’

प्रदेश १ मा ३० हजार ३४ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । तीमध्ये २९ हजार तीन सय २८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमितमध्ये चार सय ६३ जनाको मृत्यु भएको छ ।- देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article