हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

पुराना पत्रकार जनार्दन आचार्य अलबिदा

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी। पुराना राजनीतिज्ञ तथा पत्रकार धरानका जनार्दन आचार्यको ८१ वर्षको उमेरमा बुधवार विहान काठमाण्डूमा निधन भएको छ ।
उनि लामो समय देखी मधुमेह र उच्च रक्तचापका विरामी थिए । पछिल्लो समय उनि पार्किन्सन्सबाट पीडित थिए । धरान बाट काठमाण्डूमा बस्न थालेका पत्रकार आचार्य साप्ताहिक मञ्चका संस्थापक सदस्य, साप्ताहिक विमर्श, समकालीन साप्ताहिक र नेपालीपत्र साप्ताहिकका सम्पादक थिए ।
आचार्य समसामयीक राजनीतिक, सामाजिक, साहित्यिक विषयमा समय–समय स्तम्भका लेख थिए । राजनीतिक रुपमा कम्युनिष्ट पृष्ठभूमिका आचार्य पञ्चायतकालमा सकृय पञ्च बनेका थिए । पछिल्लो समय उनि नेकपा माओवादीको निकट भएका थिए । स्वर्गिय आचार्यका श्रीमती र तीन छोरा छन् ।
उनको काठमाण्डू स्थित पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । हल्दिबारी डट कम अग्रज पत्रकार श्री आचार्य प्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछ।- देवेन्द्र किशोर
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)