राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

संसदीय व्यवस्था र संविधान असफल : मोहन वैद्य

हल्दिबारी न्यूज डेक्स- बिराटनगर । नेकपा (क्रान्तिकारी माओवादी) महासचिव मोहन वैद्य ‘किरण’ले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका छन् ।

Advertisement

पार्टीभित्र पद, प्रतिष्ठा र अहमताको लडाइँका कारण केपी ओलीले संसद् विघटन गरेको बताउँदै उनले संसदीय व्यवस्था र संविधान असफल भएको बताएका हुन् ।

Advertisement

मोरङको लक्ष्मिमार्गमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीभित्रको विवादका कारणले संसद् विघटन गर्नु ओलीको मूर्खताको परिमाण रहेको बताए ।

अदालतमा विघटनविरुद्धको सुनुवाइ जारी रहेको बताउँदै उनले संसद् पुनःस्थापना र आमनिर्वाचन दुवै जनताको पक्षमा नहुने बताए ।-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article