गोलधाप ,४ शनिबार । उज्यालो बाल क्लब गोलधापको प्रथम अधिबेशन बाट राज अधिकारीलाई सर्वसम्मत अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ। वडा अध्यक्ष त्रिलोचन सापकोटाको प्रमुख आतिथ्य तथा क्लब कि अध्यक्ष सुस्मिता पराजुलीको सभापतित्वमा आज शनिबार सम्पन्न भएको कार्यक्रममा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
हल्दिवारी गाउँपालिका वडा नम्बर – १ को कार्यलयमा आयोजना गरिएको कार्यक्रममा सामुदायिक तथा निजि विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियोे । कार्यक्रममा वडाध्यक्ष त्रिलोचन सापकोटा , कार्यपालिका सदस्य तथा महिला तथा बालबालिका बिकास समिति वडा नम्बर १ संयोजक सरिता नेउपाने ,हल्दिवारी प्रेस क्लब अध्यक्ष नेत्र बिक्रम बिमली ,गरमकाली आधारभुत विद्यालयका शिक्षक बडाराम हेमरम लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
अध्यक्ष सुस्मिता पराजुलीले एक बर्ष भित्र बाल क्लले गरेका कामको प्रगति प्रतिबेदन प्रस्तुत गरेको कार्यक्रममा क्लबका सदस्य राज अधिकारीले स्वागत गर्नु भएको थियो। अधिबेशनको दोस्रो सत्रले ” उज्यालो बाल क्लब ” गोलधाप २१ सदस्य कार्यसमिति निर्बिरोध निर्वाचित गरेको छ।
निर्वाचन समिति संयोजक नरेस बराल ले जानकारी दिनु भयो समितिको उपाध्यक्षमा देबेन्द्र अधिकारी सचीव – रुविका खनान ,सहसचिव – अनुप साशन्कर ,कोषाध्यक्ष – भुमिका कार्की तथा सदस्यहरु क्रमश -इशा बिष्ट ,युना भट्टराई प्रिती बिष्ट , विधानराज पौडेल ,मौसम खड्का ,नायुमा राई ,सागर ढकाल ,समीर किस्कु ,प्रवेश तिम्सिना ,नुमा काम्बाङ ,अनुस्का अधिकारी , उज्वल शिवाकोटी ,सुमन सौरेन ,अमिता प्रधान ,यान्किला सुनुवार ,करण कडरिया रहेको उज्यालो बाल क्लब निर्विरोध चयन भएको हो ।
क्लबको सल्लाहकार संयोजकमा सुस्मिता पराजुली ,संरक्षकमा वडा अध्यक्ष त्रिलोचन सापकोटा तथा कार्यक्रममा सहजकर्तामा वडा सदस्य सरिता नेउपाने रहेको बताइएको छ। नवनिर्वाचित समिति लाई कार्यक्रम का प्रमुख अतिथी सापकोटाले सपथ ग्रहण गराउनु भएको कार्यक्रमलाई सहजीकरण बाल अभियान कर्ता सरोज पौडेलले गर्नु भएको थियोे ।
https://fb.watch/32Kjr_qwhm/
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार