हल्दिबारी न्यूज डेक्स- बिराटनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर–५ को बसन्तपुरमा शुक्रवार साँझ भीषण आगलागी हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको छ ।

आगलागि हुदाँ ६ वटा भन्दा बढी घर जलेर नष्ट भएको छ भने धान, चामल,गहुँ र नगद सहित जलेर नष्ट भएको अगिनपीडितहरुले बताएका छन् । हरिनगर–५ बसन्तपुरका रमेश मण्डल, विवेक मण्डल, मोहन मण्डल, पशुपति मण्डल, तपेन मण्डल, पृथ्वीचन्द मण्डल, माधव मण्डल, सुरेश मण्डल र मैतोल देवी मण्डलको घरमा आगलागि हुदाँ डेढ करोड भन्दा बढीको क्षति भएको सुनसरी प्रहरीले जनाएको छ ।

अग्निपीडितहरुलाई हरिनगर गाउँपालिकाले जनही पाँच हजारको दरले उपलब्ध गराएको छ । उनहिरुलाई जनही चामल २५ केजी, चुरा ५ केजी, खानेतेल १ केजी, नुन १ केजी, भाडावर्तन १५ थान, कम्बल २ थान, झुल १ थान, मेट २ थान र भुजा १ पाकेट लागयतको सामाग्री उपलब्ध गराएको छ ।-देवेन्द्र आलोक