समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री राई बेहुला बन्ने पक्का

हल्दिबारी न्यूज डेक्स- विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । ५० वर्षीय राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको छ । उनले कोसँग बिहे गर्दैछन् भन्ने विषय भने खुलाएका छैनन् । ‘विवाहको मिति लगभग तय भएको छ’ उनले भने ‘दुलहीको नाम अहिले नै मिडियामा नखोलौं, पछि एकै पटक भन्दा सरप्राइज हुन्छ नि ।’ काठमाडौंमा विवाह पछि विराटनगरमा भोज आयोजना गर्ने उनले बताए ।
पारिवारिक स्रोतका अनुसार उनको विवाह अन्तरजातीय हुनेछ । तर मुख्यमन्त्री राईले भने यो विषयमा थप खुलाएनन् । २०७५ चैत २५ गते मुख्यमन्त्री राईले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाएर मात्रै बिहे गर्ने बताएका थिए । उनले प्रदेश राजधानीको टुङगो लगाएका छन् । तर नाम तोक्न ढिलो भएपछि मुख्यमन्त्री राईले केही दिन अघि विवाहपछि मात्रै नाम तोकिने बताएका थिए । मुख्यमन्त्री राईले भनेका थिए ‘सायद अब नाम भन्दा चाडो मेरो विवाह हुने सम्भावना एकदमै नजिक छ ।’
आउँदो अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्ने पनि उनले बताए । ‘त्यो नाम टुङ्ग्याउने बेला भन्दा अगाडि नै मेरो विवाह सम्पन्न भइसकेको हुनेछ’ मुख्यमन्त्री राईले भने । दुई तिहाइ बहुमतसहित प्रदेश सरकारको नेतृत्व गरिरहेका राई नेकपा विभाजन पछि उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अविश्वासको प्रस्तावमा छलफलका लागि ७ माघमा प्रदेश १ को हिउँदे अधिवेशन आह्वान गरिएको छ ।-दिपेश कार्की
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article