समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

‘दादा भत्ता’ नदिदा मोरङमा ठेकेदारको गाडी तोडफोड

हल्दिबारी क्राइम न्यूज़ डेस्क बिराटनगर मोरङको मिक्लाजुङ गाउँपालिका भरि खोला ठेक्का लिएको बीएनडी कन्ट्रक्सनको स्कारपीय गाडी स्थानिय युवाको समूहले तोडफोड गरेका छन् । खोला ठेक्का लिदा ठेक्दारले ‘दादा भत्ता’ नदिएको आरोपमा कन्ट्रक्सनको गाडी शुक्रबार राती तोडफोड गरेका हुन् ।

Advertisement

मोरङको मिक्लाजुङ गाउँपालिका घर भएका दिपेश मगर, जोसन श्रेष्ठलगायतका एक दर्जन बढी युवाको समूहले बीएनडी कन्ट्रक्सनको नाममा रहेको प्रदेश १–०२००२ च ४१९७ नम्बरको सेतो स्कारपियो गाडी तोडफोड गरेको किटानी जाहेरी परेको इलका प्रहरी कार्यालय उर्लाबारी प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेले जानकारी दिए । श्रेष्ठ र मगरको समूहले बीएनडी कन्ट्रक्सनका संचालक भुपाल श्रेष्ठसँग खोला ठेक्का पाएपछि पैसाँ माग्दै आएका थिए ।

Advertisement

उक्त कम्पनीले मिक्लाजुङको गाउँपालिकाको बोक्रा, मिक्लु, सोल्टी, तेलीलगायतका आधा दर्जन बढी खोलाहरू करिब साढे ९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । ‘गाउँपालिकाबाट ठेक्का पाएर काम सुरू भएपछि स्थानिय केही युवाहरूको समूहले काममा अवरोध सृजना खोज्दै आएका थिए,’ बीएनडी कन्ट्रक्सनका संचालक भुपाल श्रेष्ठले भने, ‘रातीको समयमा पार्किङ्ग गरि राखिएको गाडी र काम गर्ने केटाहरू माथि हातपात भयो ।’

मदिरा सेवन गरि आक्रमण गरेको बुझिएको छ । कन्ट्रक्सनमा काम गर्नेहरू मिक्लाजुङ्ग गाउँपालिका ९ मधुमल्ला बजारस्थित टिकाराम गिरीको घरको भुइ तलाको तीन वटा कोठा भाडामा लिएर बस्दै आएका थिए । गिरीको घरमा कन्ट्रक्सनमा काम गर्ने ६ जना बस्दै आएका थिए । उक्त कन्ट्रक्सनको काम गर्ने इन्चार्ज कानेपोखरी गाउँपालिका राजकुमार याख्खा रहेका थिए । ‘याख्खासँग स्थानिय युवाहरूको विवाद भएपछि कम्पनीले उनलाई लिन कानेपोखरीदेखि स्कारपियो गाडी मधुमल्ला बजारमा डेरामा पठाएको थियो,’ कम्पनीका संचालक श्रेष्ठले भने, ‘गाडी पुग्ने साथ युवाको समूहले आक्रमण गरि अगाडीको सिसा तोडफोड गरिदिए ।’

कम्पनीका भोजराज श्रेष्ठ सामान्य घाइते भएको बुझिएको छ । युवाको समूहले कन्ट्रक्सनमा काम गर्नेहरू कोठामा बस्ने गिरीको घरको झ्यालको सिसा पनि तोडफोड गरेका छन् । तोडफोडमा संलग्नहरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गर्न इलका प्रहरी कार्यालय मधुमल्लाबाट प्रहरी परिचालन गरिएको छ ।-देवेन्द्र आलोक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article