समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एम्बुलेन्स र अटो ठोक्किँदा दुईजनाको मृत्यु

हल्दिबारी न्यूज डेक्स-झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

Advertisement

ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक–४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

Advertisement

बिहान करिब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।-देशबन्धु कौशिक

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article