समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

मोरङको चौकीघाटमा बस दुर्घटना

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा सोमबार भएको यात्रुबाहक बस दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम अर्थात् चौकीघाटबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ३२७२ नम्बरको बस सडकबाट पल्टिएर दुर्घटनामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

Advertisement

उनका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई बचाउन खोज्दा बस दुर्घटनमा परेको हो । प्रहरीले मोटरसाइकलको नम्बर भने नखुलेको जनाएको छ । दुर्घटनामा बसका यात्रु रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते भएका छन् । सिंहको कम्मरलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ ।

Advertisement

स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । दुर्घटनामा परेर रतुवामाई–३ का परमेश्वर पण्डित, अख्नुसिंह गनगाईं, सीतादेवी सिंह, सुस्मिताकुमारी ताजपुरिया, केअनु मिया, सगरुन खातुन, सञ्जय झा, रुपादेवी झा, प्रिन्स झा, जितेन्द्र झा, चौँठी ताजपुरिया, शिव साह घाइते भएका छन् । त्यस्तै धनपालथान गाउँपालिकाका खजना खातुन र लाडली खातुन पनि घाइते भएका छन् ।

उनीहरुको रङ्गेली अस्पताल र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक धनपालथान गाउँपालिका–५ का ५७ वर्षीय हरिनारायण रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article