हल्दिवारी गाउँपालिकामा बन्ने भएको १५ सैयाको अस्पताल बिबादका कारण अदालतमा पुगेको छ । नेपाल सरकारले १५ बेड सैयाको अस्पताल वडा नम्बर १ मा बनाउने निर्णय गरेको थियोे ।

गाउँपालिका स्थरिय अस्पताल पाएक पर्ने ठाउँमा बन्न नलागेको भन्दै चौतर्फी आलोचना भएपछि गाउँकार्यपालिका बैठकले स्थान परिवर्तन गर्दै वडा नम्बर १ कै ३ किलोमीटर पुर्व बनाउने निर्णय विरुद्ध उच्च अदालत इलाममा मुद्दा परेको छ । स्थानीय दिलकेसर थापाको नामबाट अदालतमा मुद्दा दायर गरि तत्काल कुनै काम कार्वाही अघि नबडाउन हल्दिवारी गाउँपालिकालाई अदालतले अंतरिम आदेश जारी गरेको हो ।

निवेदन दिलकेशर थापाले गाउँपालिका ,अध्यक्ष ,उपाध्यक्ष , सबै वडा अध्यक्षहरु दुई कार्यपालिका महिलासदस्यहरु तथा गाउँपालिका प्रमुख प्रशासकिअधिकृत विरुद्ध मुद्दा दायर गरेका हुन । गाउपालिका स्थरिय अस्पताल करिब १८ करोडको लागतमा बन्न लागेको थियोे ।
मुद्दाका कारण अब गोलधापमा बन्न लागेको अस्पताल केही बर्ष नबन्न सक्ने भएकोले स्थानीयहरु सबैलाई पाएक पर्ने ठाउँ मै अस्पताल बनाउने कुरामा पछि नहट्न गाउँपालिकालाई आह्वान समेत गरेका छ्न ।निवेदन थापा राप्रपा जिल्ला स्थरिय स्थानीय नेता रहेको गोलधाप बासी बताउछ्न ।
अदालतमा हालिएको मुद्दा को विवरण यश प्रकार रहेको छ ।
