हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

नेपाली बाबा’ को निधन

हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।जगताचार्य पण्डित तेजनाथ शर्मा ‘नेपाली बाबा’ को निधन भएको छ।६९ वर्षीय बाबाको सोमबार राति ९ बजे विन्धवासिनी आश्रम सतुङ्गलमा निधन भएको अन्तर धार्मिक संघका अध्यक्ष केशव चौलागाइँले जानकारी दिए।

Advertisement

उनको आज विहान ९ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ। ‘नेपाली बाबा’ ले शित युद्ध अन्त्य र विश्व शान्तिका लागि सन् १९८६ महायज्ञ गरेका थिए। उनले २०४५ सालमा नेपालका ७५ जिल्ला पैदल यात्रा गरेका थिए। ‘धर्मो रक्षति रक्षितः’ अभियान थालेका ‘नेपाली बाबा’ अर्थात् पण्डित तेजनाथ शर्माले २०४८ मा नेपालको मुक्तिनाथदेखि भारत कन्याकुमारीसम्म ११८ दिन लगाएर पदयात्रा गरे।

Advertisement

हाल विन्ध्यवासिनी आध्यामिक संघका प्रमुख संस्थापक नेपाली बाबा अहिले सोही आश्रममा बस्दै आएका थिए।-कमला भट्टराई

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)