समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

टिपरको ठक्करवाट सिवाकोटीको मृत्यू

भद्रपुर , ७ माघ । टिपरको ठक्कर वाट एक यात्रुको मृत्यु भएको छ । मृत्यू हुनेमा झापा मेचीनगर १३ निवासी वर्ष १८ का अन्सु सिवाकोटी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Advertisement

हिजो साँझ चारआली चन्द्रगढी सडक खण्डमा सोहि स्थानमा वसोवास गर्ने वर्ष १८ का राहुल वस्नेत संग हिडिरहेका शिवाकोटीलाइ मे १ ख २५१५ नंम्वरको टिपरले ठक्कर दिएको थियो ।

Advertisement

घाइते दुवैलाइ उपचारको लागि विर्तामोड स्थित वि एण्ड सि हस्पतालमा लगिएकोमा शिवाकोटीको आज विहान ६ वजे निधन भएको हो ।

राहुलको भने हात खुट्टामा चोट लागेको छ । टिपर र टिपर चालक भद्रपुर ९ वस्ने सुमन ओझालाइ नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनु भयो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article