समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सप्तरीमा मोटरसाइकल दुर्घटना : दुई जनाको मृत्यु

हल्दिबारी न्यूज – रुपनी । सप्तरीमा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

Advertisement

पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ६१४६ नम्बरको मोटरसाइककल आफैं अनियन्त्रित भई बुधबार राति साढे १२ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल चालक खडक नगरपालिका– ११ बनौलीका २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादवको मृत्यु भएको छ । २१ वर्षीय सुनिलकुमार चौधरी घाइते रहेको प्रहरीले जनाएको छ ।-दिनेश कार्की

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article